बुटवल,असोज ४ ।
बाँकेमा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । नेपालगगञ्ज उपमहानगरपालिका वडा नं. २१ पुरैना निवासी ५९ बर्षीय पुरुषको शनिवार राति साढे ११ बजे मृत्यु भएको छ ।
उनको दुबै तिरको फोक्सोमा निमोनिया भएर मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनी भदौ २० गते स्वास्थ्यमा समस्या उत्पन्न भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका थिए । उनलाई भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उपचारका क्रममा उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि शनिवार बेलुका साढे ५ बजेदेखि भेन्टिलेटर समेतको प्रयोग गरि उपचार थालिएको थियो ।
यो संगै बाँकेमा कोरोना संक्रमणवाट १० जनाको मृत्यु भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)