Logo बिहिवार, आश्विन १ गते २०८३
images

युरोकप : टर्कीलाई हराउँदै इटलीको सानदार सुरुवात

युरोकप : टर्कीलाई हराउँदै इटलीको सानदार सुरुवात

  • 3.2K
    SHARES

  • युरोकप :  टर्कीलाई हराउँदै इटलीको सानदार सुरुवात

    बुटवल,जेठ २९-

    गएराति सम्पन्न युरोकपको उद्घाटन खेलमा टर्कीलाई हराउँदै इटलीले सानदार सुरुवात गरेको छ। रोमस्थित स्टेडियो ओलम्पिकोमा सम्पन्न खेलमा टर्कीमाथि ३-० को सहज जित निकाल्दै घरेलु टोली इटलीले प्रतियोगितामा सानदार सुरुवात गरेको हो।

    पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफमा इटलीले आत्मघाती गोलबाट अग्रता बनाएको थियो। टर्कीका मेरिह डेमिरलको खेलको ५३ औं मिनेटमा आत्मघाती गोल गरेपछि इटलीले खेलमा अग्रता बनाएको थियो। त्यस्तै ६६ औं मिनेटमा सिरो इमोबाइलले गोल थपे भने उनकै पासमा ७९ औं मिनेटमा लोरेन्जो इनसिग्नेले गोल थपे।

    यी दुबै टोली प्रतियोगिताको समूह ए मा छन्।समूह ए मा इटली र टर्कीसहित स्वीजरल्याण्ड र वेल्स छन्।खेलमा स्टेडियमको २५ प्रतिशत अर्थात १६ हजारको हाराहारीमा दर्शकको उपस्थिति थियो।यसपटकको युरोकप ११ फरक शहरहरुमा आयोजना हुँदैछ।

    जसमा स्कटल्याण्डको ग्लास्को, युकेको लन्डन, रसियाको सेन्ट पिटर्स्वर्ग, नेदरल्याण्डको एम्स्टरड्याम, अजरबैजानको बाकु,रोमानियाको बुकारेस्ट, हङ्गेरीको बुडापेस्ट, डेनमार्कको कोपनहेगन, जर्मनीको म्युनिख, इटालीको रोम र स्पेनको सेभिल्ली रहेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology