बुटवल,असाेज ३-
कोरोना बिशेष अस्पताल बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल १० का ६९ वर्षिय पुरुषको गएराती मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा.बिष्णु गौतमले जानकारी दिए ।
ती पुरूष कोरोना पुष्टि भएपछि उनी गत भाद्र २२ गते अस्पताल भर्ना भएका थिए । उनीमा निमोनियाको समस्या देखिएको थियो । अक्सीजनको सहायताले उपचार चलिरहेको अवस्थामा मध्यराती १ बजे उनको मृत्यु भएको हाे । उनको मृत्यु भएसंगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)