बुटवल,जेठ २८-
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल सैनामैना नगरपालिकामा १३ जनामा संक्रमण पुष्टि भएको छ । ३०६ जनाको कोरोना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हाे ।
मृतक संख्या भने शुन्य छ ।
यस्तै तिलोत्तमा नगरपालिकामा ११ जना, बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकामा ७-७ जना, सियारी गाउँपालिका, मर्चवारी गाउँपालिका, गैडहवा गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरापालिका, शुद्धोधन गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा १-१ जना संक्रमित थपिएका छन् ।
यस्तै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
२४ घण्टाको अवधीमा १४३ संक्रमित निको भएसँगै रुपन्देहीमा कोरोनाका संक्रिय संक्रमितको संख्या १ हजार भन्दा कम भएको हो । हाल जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ९९२ रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)