Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी,बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई बुझाए पत्र ( हस्ताक्षरसहित )

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी,बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई बुझाए पत्र ( हस्ताक्षरसहित )

  • 2.6K
    SHARES

  • गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसको दाबी,बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई बुझाए पत्र ( हस्ताक्षरसहित )

    बुटवल,जेठ २८-

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गर्न माग गर्दै विपक्षी सांसदहरूले प्रदेश प्रमुख कार्यालयमा दाबी पत्र दर्ता गरेका छन्।

    आज अपरान्ह प्रदेश प्रमुख सीताकुमारी पौडेललाई भेटेर उनीहरूले बहुमत सांसद आफूहरूसँग भएको भन्दै मुख्यमन्त्रीमा नेपालीलाई नियुक्त गर्न दाबी पेश गरेका हुन्।

    दाबी पत्र दर्तासमेत भइसकेको छ। मुख्यमन्त्रीमा पोखरेललाई दाबी गर्न ३१ जना सांसद प्रदेश प्रमुख कार्यालय पुगेका थिए। ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमत पुर्‍याउन ३१ सांसद चाहिन्छ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र गरी ३१ जना सांसद मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गर्नुपर्नेमा छन्।gandaki-krishna-nepali-dabi.jpg

    मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहीबार प्रदेश सभामा विश्वास गुमाएपछि सरकार ढलेको थियो। आज प्रदेश प्रमुखले नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गर्दै शनिबार अपरान्ह ३ बजेसम्म समय दिएकी थिइन्।gandaki 1.jpggandaki 2.jpggandaki 3.jpggandaki 4.jpg

     

    को हुन् कृष्णचन्द्र पोखरेल ? 

    नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । उनका बुबा प्रजातन्त्र सेनानी थिए ।

    २००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । थर पोखरेल भए पनि उनी नामपछाडि ‘नेपाली’ लेख्ने गर्छन् ।

    उनी विभिन्न आन्दोलनमा ६ पटक जेल परेका छन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।

    २०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं। ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले-माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतल पराजित भई पोखरेल गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology