बुटवल,जेठ २८-
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सिडिओ हरूबीच निषेधाज्ञा पुनः एक साता थप गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
वैशाख १६ गतेबाट उपत्यकामा निरन्तर निषेधाज्ञा जारी छ । जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी नै रहेकाले थप के गर्ने भन्नेबारे आइतबारसम्म निर्णय हुन सक्ने काठमाडौँका सिडिओ कालीप्रसाद पराजुलीले बताए ।
वैशाख १६ गतेदेखि सुरू भएको निषेधाज्ञामा किराना पसल, खाद्यान्न, फलफूल, तरकारी, मासु पसल लगायत अत्यावश्यक सेवाका पसलहरू बिहान ९ बजेसम्म खोल्न दिइएको छ ।
यस्तै सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, सपिङ मल, सैलुन, व्युटी पार्लर, हेल्थक्लव, पुस्तकालय लगायत मानिसहरुको भिडभाड हुने खालका कुनै पनि कार्यक्रम, पसल र सवारी साधनहरूलाई बन्द गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)