Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘स्वास्थ्य सेवा हो व्यापार होइन’ भन्दै नाराबाजी गरेको भन्दै वाग्ले,संग्रौलासहितका १८ नागरिक अगुवा पक्राउ

‘स्वास्थ्य सेवा हो व्यापार होइन’ भन्दै नाराबाजी गरेको भन्दै वाग्ले,संग्रौलासहितका १८ नागरिक अगुवा पक्राउ

  • 3.6K
    SHARES

  • ‘स्वास्थ्य सेवा हो व्यापार होइन’ भन्दै नाराबाजी गरेको भन्दै वाग्ले,संग्रौलासहितका १८ नागरिक अगुवा पक्राउ

    बुटवल,जेठ २८-

    ‘स्वास्थ्य सेवा हो व्यापार होइन’ भन्दै नाराबाजी गरेको भन्दै पत्रकार नारायण वाग्ले,खगेन्द्र संग्रौलासहितका १८ नागरिक अगुवा पक्राउ परेका छन् ।  बालुवाटारबाट पक्राउ परेको र अहिले कमलपोखरी प्रहरी वृत्तमा रहेको वाग्लेले जानकारी दिए ।

    सत्ता निकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शन गर्ने क्रममा आफूहरूलाई पक्राउ परेको वाग्लेको भनाइ छ । चिकित्सा शिक्षा आयोगमाथि राजनीतिक हस्तक्षेप भएको लगायत विषयमा विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले हस्तक्षेप गरेको उहाँले बताए ।

    नागरिक अगुवाहरूले ‘स्वास्थ्य सेवा हो व्यापार होइन’, ‘सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायत लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

    निषेधाज्ञाको समयमा प्रदर्शनमा निस्किएकाले आफूहरूले प्रदर्शनमा लागेकाहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology