Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार 

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार 

  • 5.8K
    SHARES

  • कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार 

    बुटवल,जेठ २८-

     कञ्चनपुरमा नशालु पदार्थ खुवाएर एक किशोरीको सामूहिक बलात्कार भएको छ ।

    बेदकोट नगरपालिका-५ धरमपुरकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

    बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धनबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक युवा फरार रहेको थापाले बताए।

    एक जनालाई नियन्त्रणमा लिएका छौँ,’ डिएसपी थापाले भने, ‘अर्का आरोपी फरार छन् । खोजी भइरहेको छ।’ नशालु पदार्थ खुवाएर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology