Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संविधान दिवस : ‘समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प’

संविधान दिवस : ‘समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प’

  • 6.8K
    SHARES

  • संविधान दिवस : ‘समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प’
    सुनिता अर्याल

    आज राष्ट्रिय दिवस अर्थात् नेपालकाे संविधान २०७२ असोज ३ गते घाेषण भएकाे दिन। लाखौं नेपालीकाे बलिदान र त्याग बाट प्राप्ति भएका हामी सबैकाे हक,अधिकार र सपना पुरा भएकाे दिन सबैमा शुभेच्छा तथा शुभकामना छ ।
     
    नेपाली जनताले आफ्नो आबश्यकता र देशको अवस्था अनुसार करिब सत्तरी बर्स पछि अपेक्षित संविधान निर्माण गर्न सफल भएको दिन ।
     
    एकै पटकमा पूर्ण र सर्बसहमति देशले इतिहासमै प्रथम पटल जप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज ३ गते नेपालका प्रथम रास्ट्रपति रामबरण यादवले नेपालको संविधानलाई हस्ताक्षर गरि अनुमोदन भएपछि जनताको करिब ७० बर्ष पछिको आकाङ्क्षा पूरा भएको मान्न सकिन्छ । अनेक असहमान्य स्थितिका बाबजुतपनी विश्व इतिहासमै  नेपालको संविधानले एउटा दुर्लभ रेकर्ड बनाउन सफल भयो ।
     
    यसका लागि सम्पूर्ण नेपाली जनता,जनप्रतिनिधि र तत्कालीन सरकारलाइ हार्दिक बधाई छ। कयौं नेपाली जनताको सत्तरी दशकको त्याग,तपस्या र बलिदान पश्चात् जनतासामु एउटा खुसिको र आशाको माध्यम बनेको संविधान साच्चिकै सर्बसहमान्य सकारात्मक साबित भएकोमा बहुमत  छैन ।

    संविधान एक किसिमको गतिशील दस्तावेज हो । यो समयानुकूल संसोधन र परिमार्जन हुनु जरुरी छ ।जनताका छोराछोरीहरु पनि देशको जुनकुनै पदमा रहेर जिम्मेवारी बहन गर्न,देशको सेवा गर्न पाउने प्राबधान सहित  संघीय लोकतान्त्रिक,गणतन्त्रात्मक शासन प्रणाली अबलम्बन गरेको हाम्रो संविधान सभाको आज यो छैटौं बसन्तको अवसरमा फेरि पनि सम्पुर्ण नेपाली जनतालाई  शुभकामना ।

    प्रादेशिक पहिचान सहितको एकल सङ्गिय नागरिकता पाउने ब्याबस्था बमोजिम प्रत्येक ब्यक्ति कुनै कारणबस नागरिकता बिहिन हुनुपर्ने छैन भन्ने प्राबधान सहितको ब्याबस्था पनि यस संविधानले दिइएको छ । छोरीलाई पनि छोरासरह पैत्रिक सम्पत्ति पाउनु पर्ने अधिकारको ब्याबस्था गरेको यो संविधान हरेक प्रकारको लैङ्गक सशक्तीकरणमा दृढ छ ।sambidhan.jpg

    साथै नेपाल रास्ट्रलाइ धर्म निरपेक्ष रास्ट्रसहित ,बहुजातीय ,बहुभाषिक ,बहुधार्मिक,बहुसास्कृतिक तथा भौगोलिक बिबिधता युक्त बिशेशतालाइ आत्मसात गरि, विविधता बिचको एकता,सामाजिक सास्कृतिक एक्यवद्धता,सहिष्णुता र सदभाबलाइ संरक्षण एवं प्रबर्द्धन गर्दै,बर्गिय,जातिय, क्षेत्रीय ,भाषिक,धार्मिक,लैङ्िगक विभेद र सबैप्रकारको जातिय छुवाछूतको अन्त्य गरि आर्थिक समानता समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समाबेशी र सहभागीमुलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प यस संविधान लिएको छ ।

    सगरमाथाको देश ,वीर अनि बिराङ्गिनिको स्वर्णिम  इतिहास भएको हाम्रो देश नेपालको सार्बभौमता वा स्वतन्त्रता  बिश्वको लागि एउटा गर्बको विषयका रुपमा रहेको छ । अब हामी र हाम्रो सपना अर्थात संबिधान काे पुर्ण कार्यान्वयन गरि "खुसि नेपाली समृद्धि नेपाल" बनाउनु पर्छ । देश अार्थिक समृद्धि काे बाटाेमा अगाडि बडदै छ जसले हरेक नेपालिकाे सपना र अधिकार सुनिश्चित हुनुपर्छ ।

    हाम्रो देश नेपाल हरेक बिदेशीको लागि एउटा उदाहरणिय बन्न सकोस, वीर गोर्खाली,सीता र भृकुटी,बुद्धको देश सधै कहलिराखोस ।हाम्रो  देश नेपाल कहिले पनि कसै सामु झुक्न नपरोस,कोसि,कर्णाली र गण्डकी सधै सदाबहार बनी देशको संरक्षक बनुन । आफ्नै देशको सेवा गरेर "साग र सिस्नो खाएको बेस आनन्दी मनले" भन्ने गित गुनगुनाउन पाइयोस । हामी नेपाली हाम्रो नेपाल भन्ने भाब प्रतेक नेपालिको आवाज बनोस ।

    यस संविधान दिवसको यो स्वर्णिम पावन्दिमा सम्पुर्ण रास्ट्रनिर्माता,सहिद ,महाकबि ,आदिकबी,रास्ट्रकवि,कलाकार आदि र हामी सम्पुर्ण नेपाली जनतालाइ मेरो अनगिन्ती शुभेच्छा प्रकट गर्न चाहान्छु ।
    जय नेपालआमा


    तिलोत्तमा ५, रुपन्देही
     





     
     
     
     
    Attachments area
     
     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology