Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीमा ७२ जनासहित देशभर थपिए ३७४९ जना संक्रमित ,५९ जनाको मृत्यु

रूपन्देहीमा ७२ जनासहित देशभर थपिए ३७४९ जना संक्रमित ,५९ जनाको मृत्यु

  • 1.5K
    SHARES

  • रूपन्देहीमा ७२ जनासहित देशभर थपिए ३७४९ जना संक्रमित ,५९ जनाको मृत्यु

    बुटवल,जेठ २७- 

    पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमित थपिएका छन् । यस्तै ५२९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

    यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार ७१४ पुगेको छ भने निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।

    यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    रुपन्देहीमा ७२ जनामा संक्रमण पुष्टि :

    रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा १८६ जनाको कोरोना परीक्षण गर्दा ७२ जनामा संक्रमण पुष्टि भएको छ भने ५२ जना निको भएका छन् ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल उपमहानगरपालिकामा २० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा १७ जना, देवदह नगरपालिकामा १० जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, सम्मरीमाई गाउँपालिकामा ६ जना, सैनामैना नगरपालिकामा ३ जना, कञ्चन गाउँपालिका, शुद्धोधन गाउँपालिका, कोटहिमाई गाउँपालिकामा २२ जना र मर्चवारी गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् ।

    यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ५६३ पुगेको छ । जसमध्ये २६ हजार १० जना निको भएका छन ।हाल जिल्लामा १ हजार ९१ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४६२ पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology