Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीका मिडिया हाउसहरुमै पुगेर स्वास्थ्य सामाग्री बाँड्दै बुटवल उद्योग बाणिज्य संघ

रूपन्देहीका मिडिया हाउसहरुमै पुगेर स्वास्थ्य सामाग्री बाँड्दै बुटवल उद्योग बाणिज्य संघ

  • 2.7K
    SHARES

  • रूपन्देहीका मिडिया हाउसहरुमै पुगेर स्वास्थ्य सामाग्री बाँड्दै  बुटवल उद्योग बाणिज्य संघ

    बुटवल,जेठ २७- 

    कोरोना महामारीलाई केन्द्रीत गरि बुटवल उद्योग बाणिज्य संघ विभिन्न अभियान चलाएको छ । कोरोनाका कारण सञ्चार क्षेत्रमा समेत यसले ठूलो असर पारेको भन्दै संघले बुटवल क्षेत्रका सञ्चारमाध्यममा पुगेर स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

    संघको टोलीले आज बुद्ध टेलिभिजनमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।  संघका अध्यक्ष उज्जवल कसजुले बुद्ध टेलिभिजनका सचिब तिर्थराज पंगेनी लगायतको टीमलाइ स्वास्थ्य सामाग्री प्रदान गर्नुभयो ।

    उक्त अवसरमा बोल्दै अध्यक्ष कसजुले सञ्चारमाध्यमले यो संकटमा पनि निरन्तर सूचना प्रवाह गरेको बताउँदै आफूहरुले त्यहाँ कार्यरत सञ्चारकर्मीहरुका लागि थोरै भएपनि राहात दिने गरि स्वास्थ्य सामाग्री वितरणको अभियान चलाइएको बताउनुभयो ।

    त्यस्तै स्वास्थ्य सामाग्री ग्रहणपछि टेलिभिजनका सचिब तिर्थराज पंगेनीले संकटका बेलामा सञ्चारमाध्यमको हौसला बृद्धि गर्ने काम गरेकोमा धन्यवाद दिनुभयो ।

    उक्त अवसरमा संघका बाणिज्य उपाध्यक्ष नरिश्वर पौडेल, महासचिव विमलराज भट्टराई,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, टेलिभिजनका निमित्त कार्यकारी प्रमुख बिक्रम खड्का,कार्यक्रम प्रमुख खेमराज रेग्मी,समाचार संयोजक कपिल ज्ञवाली,बजार तथा प्रशाशन प्रमुख तिलक सुबेदी,बसन्ती कार्की,बुटवल उद्योग बाणिज्य संघका प्रेस सल्लाहाकार कविन्द्र नेपालको सहभागिता रहेको थियो ।

    यसअघि संघले राज्य टेलिभिजन,रेडियो जागरण लगायतलाइ बितरण गरिसकेको छ भने बाँकी मिडियालाइ पनि बितरण गरिने महासचिव विमलराज भट्टराईले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology