Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संविधान दिवसमा मुख्यमन्त्री पाेखरेलकाे भाषण : ‘काेराेना महामारीमा पनि प्रदेश ५ सरकारले नमुना कामकाे नेतृत्व गरेकाे छ ’

संविधान दिवसमा मुख्यमन्त्री पाेखरेलकाे भाषण : ‘काेराेना महामारीमा पनि प्रदेश ५ सरकारले नमुना कामकाे नेतृत्व गरेकाे छ ’

  • 3.5K
    SHARES

  • संविधान दिवसमा मुख्यमन्त्री पाेखरेलकाे भाषण  : ‘काेराेना महामारीमा पनि प्रदेश ५ सरकारले  नमुना कामकाे नेतृत्व गरेकाे छ ’

    बुटवल,असाेज ३-

    प्रदेश न ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारले चालेका कदमप्रति नागरिकको सार्थक सहयोगबाट मात्रै काेराेना माहामारीलाई जित्न सकिने बताएका छन् ।

    उनले काेराेनाका कारण केही महिनादेखि दैनिकी खल्बलिएको भन्दै  लामो लकडाउन र निषेधाज्ञा गर्न नहुने बताए । उनले स्वास्थ्य सुरक्षा सर्तकता र मापदण्ड पालना गरी समाजका विभिन्न क्षेत्र खुलाएर अघि बढ्नुपर्ने बताए  ।

    लकडाउन र निधेषाज्ञा नभई खुला हुँदै जानुको अर्थ कोभिड-१९ नियन्त्रण भएको भनेर नबुझ्न  उनकाे आग्रह छ । संविधान दिवसकाे अवसरमा प्रदेश न ५  सरकारद्वारा बुटवलमा आयाेजित मूल समाराेह -२०७७लाइ सम्बाेधन गर्दै मुख्यमन्त्री पोखरेलले  दैनिकीलाई नियमित गर्न र गराउन अझ उच्च सतर्कता आवश्यक रहेकाे बताए ।

    कोभिड—१९ को जोखिमबाट नागरिकलाई जोगाउन तहगत सरकारहरुले काम गरिरहेकाे र यसमा स्थानीय सरकारकाे भूमिका प्रशंसनिय भएकाे बताए । उनले  कोभिड-१९ को महामारीलाई जितेपछि आगामी वर्षका चाडपर्व, उत्सव र दिवसलाई भव्य रुपमा मनाउने तर्क गरे  ।

    पाेखरेलले देशका तीन सरकार मध्ये सबैभन्दा कम प्रशासनिक खर्च हुने सरकार भनेकै प्रदेश सरकार रहेकाे दाबि गरे ।  प्रदेश ५ सरकारले अन्यकाे तुलनामा नमुना काम गरिरहेकाे समेत उनले दाबि गरे ।

    ‘सबैभन्दा धेरै बित्त हस्तान्तरण,धेरै पूजिगत खर्च गर्न सक्ने हामी नै हौं तर जनताको अपेक्षा र आशाकाे तुलनामा कमी नै छ तर तिब्रता दिनेछौं ’ उनले भने । 

    चालु आवमा प्रदेश ५ सरकारले १५० किलोमिटर सडक कालोपत्रै गरेर बिकासकाे गतीलाइ तिब्रता दिएकाे समेत उनले बताए ।  साे अवसरमा प्रदेश  सरकारले बिभिन्न ब्याक्तित्व र संघ संस्थालाइ सम्मान र पदक प्रदान गर्ने घाेषणा गरेकाे छ । सरकारकाे सम्मान र पदक प्रदेश स्थापना दिवसका दिन फागुन ३ गते प्रदान गरिने छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology