Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भाेक मेटाउने टिफिन बक्स बाँडेर पुण्य कमाउँदै बुटवलका ‘तीन भाई’,१ हजार ७ सयलाई वितरण

भाेक मेटाउने टिफिन बक्स बाँडेर पुण्य कमाउँदै बुटवलका ‘तीन भाई’,१ हजार ७ सयलाई वितरण

  • 9.6K
    SHARES

  • भाेक मेटाउने टिफिन बक्स बाँडेर पुण्य कमाउँदै बुटवलका ‘तीन भाई’,१ हजार ७ सयलाई वितरण

    बुटवल,जेठ २५-

    कोभिड महामारीका कारण भोकै रहेका र फ्रन्टलाईनमा रहेर सेवामा खटिएकाहरुका लागि बुटवलमा खाना खुवाउन तीन युवा सक्रिय छन् ।उनीहरुले यसरी टिफिन तयार पारेर बाँड्न थालेको १४ दिन बितिसकेको छ ।

    दोश्रो भेरियण्टले बुटवल र आसपासको क्षेत्रमा महामारीको रुप लिएपछि स्थानीय युवाहरु इ सन्जय पाण्डेय ,सुनिल शाही र राज पोखरेलले मायाले भरिएको पोषणयुक्त टिफिन बक्स अभियान सुरु जारी राखेका हुन्  ।

    उनीहरु तीनै जना नेपाली काँग्रेसका कार्यकर्ता हुन् । पाण्डेय नेपाली कांग्रेसको शुभेक्छुक संस्था सिडेनका निवर्तमान केन्द्रिय कोषाध्यक्ष तथा युवा नेता हुन् भने शाही तरुण दल विभागीय रुपन्देही जिल्ला सदस्य हुन् त्यस्तै गरी पोख्रेल (राज ) बिपि स्टडी युथ सर्कल एवं तरुण दल बुटवल नगर सदस्य समेत हुन् ।

    उनीहरुको अभियानमा दैनिक खाजा बनाउन सहयोग गर्नेहरु महेन्द्र जीसी, तुलसीराम अर्याल, अक्कल जीसी, पुजा गुरुङ्ग, पवित्रा भुसाल, अम्बिका खनाल र प्रकृती न्यौपाने छन् ।

    त्यस्तै दैनिक खाजा पुर्याउन खटिनेहरुमा सुवास रायमाझी, बिमल पौडेल,सुनिल शाही , सन्जय पाण्डे र भेषराज पोख्रेल (राज ) हुन् ।
    भेषराज पोख्रेलले नागरिक अनलाइनसंग भने-आजसम्म १ हजार ७ सय भन्दा बढी टिफिन बक्स वितरण गर्यौँ ,हामीलाई अन्य सहयोगी दाताहरुले आर्थिक सहयोग पनि गरिरहनुभएको छ,सबैलाई धन्यबाद पनि छ ।’poka.jpg

    सो टिमले लुम्बिनी प्रादेशिक अस्पताल बुटवल , बुटवल धागोकारखानामा रहेको कोरोना बिशेष अस्पताल ,देबिनगर आइसोलेसन सेन्टरका लागि कोरोना संक्रमित , चिकित्सक,नर्स तथा अन्य स्वास्थ्यकर्मी , अस्पतालका सुरक्षाकर्मी तथा अन्य कर्मचारीलाई दिनहुँ मायाले भरिएको पोषणयूक्त टिफिन बक्स निशुल्क उपलव्ध गराउदै आएका छन् । 

     हरेक दिन फरक फरक परिकार उपलव्ध गराउदै आएको अभियन्ता सन्जय पाण्डेको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology