Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश २ मा मन्त्रीमण्डल विस्तार हुँदै,कांग्रेसलाई ३ र माओवादीलाई २ मन्त्रालय,सपथ आजै

प्रदेश २ मा मन्त्रीमण्डल विस्तार हुँदै,कांग्रेसलाई ३ र माओवादीलाई २ मन्त्रालय,सपथ आजै

  • 3.8K
    SHARES

  • प्रदेश २ मा मन्त्रीमण्डल विस्तार हुँदै,कांग्रेसलाई ३ र माओवादीलाई २ मन्त्रालय,सपथ आजै

    बुटवल,जेठ २६- 

    प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई समेटेर मन्त्रीमण्डल विस्तार गर्न लागेका छन्।

    नेपाली कांग्रेसलाई ३ वटा मन्त्रालय र माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिने सहमति भएपछि मुख्यमन्त्री राउत मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन्।

    प्रदेश २ का प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवका अनुसार थपिएका मन्त्रीहरुको सपथ ग्रहण आजै साँझ साढे ७ बजे हुनेछ।

    यादवका अनुसार नेपाली कांग्रेसलाई भौतिक मन्त्रालय, उर्जा मन्त्रालय र कानुन न्याय मन्त्रालय दिइएको छ। श्रोतको अनुसार कांग्रेसको तर्फबाट रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र  वीरेन्द्र सिंह मन्त्री बन्दैछन्। यद्यपि को कुन मन्त्री बन्ने भन्ने खुल्न सकेको छैन।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology