Logo बिहिवार, आश्विन १ गते २०८३
images

२४ घण्टामा ५७४८ जनाले कोराेना जिते,८१ संक्रमितको मृत्यु

२४ घण्टामा ५७४८ जनाले कोराेना जिते,८१ संक्रमितको मृत्यु

  • 2.4K
    SHARES

  • २४ घण्टामा ५७४८ जनाले कोराेना जिते,८१ संक्रमितको मृत्यु

    बुटवल,जेठ २६-

    नेपाल पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ यो परीक्षण गरिएकामध्ये २८.६ प्रतिशत हो ।

    यस्तै सोही अवधिमा ५ हजार ७४८ जना संक्रमित निको भएका छन्। निको हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍.कृष्ण पौडेलले सो जानकारी दिनुभएको हो । आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ९१५ रहेका छन् । जसमा काठमाडौंमा ६७९, भक्तपुरमा ८१ र ललितपुरमा १५१ जनालाई पोजेटिभ देखिएको छ ।

    सक्रिय संक्रमितको संख्या घट्दै गएको छ, अहिले ८० हजार ३३६ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १२ हजार ७४ पीसीआर र ४५६८ जनाको एन्टीजेन परीक्षण भएको छ । जसमा पीसीआरमा ३४४९ र एन्टीजेनमा ८९५ जनालाई पोजेटिभ देखिएको छ ।

    रूपन्देहीमा थप ४८ जनामा संक्रमण पुष्टि,मृत्यु हुनेको संख्या ४५७ पुग्याे :

    रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा ४८ जनामा संक्रमण पुष्टि भएको छ भने १७३ जना निको भएका छन् । ४९७ जनाको कोरोना परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हाे । 

    २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४५७ पुगेको छ ।  बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा १३-१३ जनामा संक्रमण पुष्टि भएको छ । देवदह नगरपालिकामा ७ जना, सिद्धार्थनगर नगरपालिका र सैनामैनामा ५-५ जना, शुद्धोधन गाउँपालिकामा ३ जना, ओमसतिया गाउँपालिका, कञ्चन गाउँपालिकामा १-१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको  छ ।

    यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ४९१ पुगेको छ । जसमध्ये २५ हजार ९५८ जना निको भएका छन । हाल जिल्लामा १ हजार ७६ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology