Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संसद विघटनविरुद्धको मुद्दामा ‘एमिकस क्युरी’ झिकाउने सर्वोच्चको आदेश

संसद विघटनविरुद्धको मुद्दामा ‘एमिकस क्युरी’ झिकाउने सर्वोच्चको आदेश

  • 2.3K
    SHARES

  • संसद विघटनविरुद्धको मुद्दामा ‘एमिकस क्युरी’ झिकाउने सर्वोच्चको आदेश

    बुटवल,जेठ २६-

    प्रतिनिधि सभा विघटनको मुद्दाको अन्तिम सुनुवाइका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासले एमिकस क्युरी झिकाउने भएको छ। सर्वोच्चले चार जना एमिकस क्युरीको नाम माग गरेको हाे । 

    वुधबार भएको वहसपछि सर्वोच्चले  नेपाल बार एशोसियसन र सर्वोच्च अदालत बार सँग २-२ जना अदालतको सहयोगी एमिकस क्युरीको रुपमा  वरिष्ठ अधिवक्ताहरुको सहयोग उपलब्ध गराउन भनेको हो। 

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको इजलाशले एमिकस क्युरीको नाम पठाउन भनेको छ। सर्वोच्चले कति दिनभित्र नाम पठाउने नभने पनि अन्तिम सुनुवाइको मिति तोकिएको असार ९ गते अघि नै पठाउनुपर्ने छ। 

    सर्वोच्चको यो आदेशपछि सर्वोच्च बार र नेपाल बारले छलफल गरेर नाम पठाउने छ। यसअघि पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको मुद्दामा पनि सर्वोच्चले एमिकस क्युरी मगाएको थियो। अघिल्लो पटक सर्वोच्चले पाँच जना एमिकस क्युरी मगाएको थियो। सर्वोच्च बार वाट २ र नेपाल बारवाट ३ जना माग गरेको थियो। 

    अघिल्लो पटक नेपाल बारवाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शतिष्कृष्ण खरेल, विजयकान्त मैनाली र सर्वोच्च बारवाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र गीता संग्रौला पाठकले एमिकस क्युरीका रुपमा बहस गरेका थिए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology