Logo बिहिवार, आश्विन १ गते २०८३
images

संवैधानिक इजलासबाट दुई न्यायाधीश भट्टराई र कार्की नहट्ने निर्णय

संवैधानिक इजलासबाट दुई न्यायाधीश भट्टराई र कार्की नहट्ने निर्णय

  • 2.0K
    SHARES

  • संवैधानिक इजलासबाट दुई न्यायाधीश भट्टराई र कार्की नहट्ने निर्णय

    बुटवल,जेठ २६-

    संवैधानिक इजलासबाट दुई न्यायाधीश नहट्ने भएका छन् । सरकारी वकिलले प्रश्न उठाएका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका हु्न् ।

    आजको इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराएका हुन् ।

    यसअघि कार्की र भट्टराईले बस्ने नबस्ने बारे राय दिने भनिएपनि सोअघि नै राणाले दुई न्यायाधीशलाई नै निरन्तरता दिने निर्णय लिएका हुन् । 

    यससँगै प्रतिनिधिसभा विघटनविरुद्धको शेर बहादुर देउवा लगायतको रिट निवेदनमा बहस शुरु भएको छ । निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई  आधा घण्टाको समय दिइएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology