बुटवल,जेठ २५-
पछिल्लो २४ घन्टामा नेपालमा थप ५१५३ जनामा कोरोना पुष्टी भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६७६ परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
१२ हजार ६५ वटा पिसीआर परीक्षणबाट ३ हजार ८७० र ५हजार ६११ एन्टिजेन परीक्षणबाट १ हजार २८३ जनामा कोरोना पोजेटिभ देखिएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अधवधिमा मुलुकभरका विभिन्न अस्पताल र होम आइसोलेसनमा बसेका १०८ जना संक्रमितको निधन भएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ। हालसम्म मुलुकभरमा ८ हजार ९८ जनाको मृत्यु भइसकेको छ।
यस्तै ६ हजार ५७० जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ। यो सँगै ५ लाख ४ हजार ५३० जना संक्रमण मुक्त भइसकेका छन्।मन्त्रालयका अनुसार हाल ९० हजार ८ सय ३४ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा उपचाररत छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)