बुटवल,जेठ २५-
रूपन्देहीको बुटवलमा कोराेनासंकटका बेला खाना खुवाउनेअभियान चलाइरहेका युवा हरि क्षेत्रीको अभियानमा सहयोगीहरु थपिँदै गएका छन् । कोराेनाबाट थलिएर उठेका सामाजिक सेवामा तल्लिन क्षेत्री बिगत १६ दिनदेखि पुन सामाजिक काममै फर्किएका छन् ।
क्षेत्रीले परिवारका सदस्यहरुको समेत सहयोगमा बुटवलको बसपार्क टर्मिनलको एउटा कोठामा खाना बनाउने र प्याकिङ् गरेर अस्पतालमा फ्रन्टलाईनर, कोरोना संक्रमित बिरामी तथा तिनका कुरुवालाई वितरण गर्दै आएको जानकारी दिए ।
उनले भने- यो विशुद्ध सामाजिक अभिप्रायले गरेको हाे, सहयोग गर्नेहरुको विवरण अभियानको अन्त्यमा सार्वजनिक गरिन्छ ।’
क्षेत्री भन्छन् -‘दैनिक भात, दाल तरकारी,दूध अन्डा केरामा १६-१७ हजार खर्च हुन्छ, मासु खाना दिदा २२ देखि २७ हजार सम्म खर्च हुन्छ। दैनिक १०० जना स्वास्थकर्मी,बिरामी, कुरुवा, कोभिड हलमा काम गर्ने हेल्पर सेक्युरिटी गार्डलाई दिन्छाैँ, हामी पकाउने, काटकुट गर्ने,छोड्न जानिहरु १५-१७ जना छाैँ ।’उनले ३० दिने अभियानमा ६-७ लाख खर्च हुने अनुमान गरेकोर हालसम्म करिब ४ लाख खर्च भइसकेको बताए ।
सामाजिक अभियान्ता हरि क्षेत्रीको खाना खुवाउने अभियानमा ‘रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया’ पनि जोडिएको हाे । क्षेत्रीले कोरोना संक्रमण महामारीमा फ्रन्टलाईनमा रहेर काम गर्ने, कोरोना संक्रमित बिरामी, बिरामीका कुरुवाहरुलाई समेत लक्षित गरेर ‘मायाले भरिएको पोषणयुक्त टिफिन बक्स’ अभियान सञ्चालन गरिरहेका छन् ।
क्षेत्रीको साे अभियानबाट प्रभावित भएर ‘रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया’ अभियानलाई ५० हजार आर्थिक सहयोग प्रदान गरेको सञ्जालका नेपाल संयोजक सन्तोषकुमार बर्मा केसीले नागरिक अनलाइनलाई बताए ।
अभियान लामो समयसम्म सञ्चालन हुने भएमा सञ्जालले थप सहयोग गर्ने समेत उनले प्रतिवद्धता जनाए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)