Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीको कञ्चन गाउपालिकाका सबै क्वारेन्टाइन हटाइयाे

रुपन्देहीको कञ्चन गाउपालिकाका सबै क्वारेन्टाइन हटाइयाे

  • 3.0K
    SHARES

  • रुपन्देहीको कञ्चन गाउपालिकाका सबै क्वारेन्टाइन हटाइयाे

    बुटवल,असाेज ३-

    रुपन्देहीको कञ्चन गाउपालिकामा बनाइएका क्वारेन्टाइन हटाइएको छ। बिश्वभर महामारीको रुपमा फैलिएको  कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्युनिकारण तथा रोकथाम गर्न सरकारको नीति अनुसार गाउपालिकाको ब्यबस्थापनमा स्थपना गरिएको अस्थाई क्वारेन्टाइन गत चैत्र १४ गते देखि संचालनमा ल्याइएको थियो ।

    नोवल कोरोना भाइरसको संक्रमणका कारण बैदेशिक रोजगार गुमेर छिमेकी देश भारत लगायत बिभिन्न तेश्रो मुलुकबाट नेपाल आएका महिला १ सय ४० जना र पुरुष ५ सय ८६ करिव ७ सय २६ जनालाई गाउपालिकाका ५ वटा कवारेन्टाइनमा राखिएको थियो ।

    कञ्चनले पहिलो क्वारेन्टाइन लुम्बिनी ज्ञान निकेटन माध्यमिक बिधालयमा अस्थाई क्वारेन्टाइन स्थापना गरी छिमेकी देश भारत लगायत बिभिन्न तेश्रो मुलुकबाट आएका १४ जनालाई कपिलबस्तुको तौलिहवाबाट उद्धार गरी राखिएको थियो भने चैत्र महिना भरी जम्मा २० जनालाई क्वारेन्टाइनमा राखी आर डि टी तथा पिसिआर गरी नेगेटिभ रिपोर्ट आई १४ दिन बसाइ गरी डिस्चार्ज गरिएको थियो ।

    गाउपालिका भन्दा बाहिर वा बिभिन्न देशहरुबाट कञ्चनमा आउनेक्रम रोकिए पछि पहिलो चरणको क्वारेन्टाइन बैसाख २३ गते सम्म बन्द गरिएको थियो भने बैसाख २४ गतेबाट पुन गाउपालिका भन्दा बाहिर र बिभिन्न देशहरुबाट आउनेको संख्यामा बृद्धि भएपछि क्वारेन्टाइन संचालनमा ल्यााइएको थियो ।

    छिमेकी देश भारतबाट रोजगारी गुमाई नेपाल फर्किने नेपालीहरुको संख्यामा उच्च बृद्धि भएपछि कञ्चन गाउपालिकाले थप ३ स्थानमा क्वारेन्टाइनको ब्यबस्थापन गरी रुपन्देहीका बाहेक सुनसरी,ताप्लेजुंग,पाँचथर,रौतहत,डडेलधुरा,कञ्चनपुर,बारा पर्सा,इटहरी,स्यांजा,पाल्पा,गुल्मी लगायत जिल्लाका समेत गरी १ सय ४ जना नेपालीहरुको उद्धार गरेर हरैया बहुमुखी क्याम्पस,रुद्रपुर माध्यमिक बिधालय र प्रगती माध्यमिक बिधालय गरी थप ४ वटा क्वारेन्टाइनमा राखिएको थियो ।

    भदौ ३१ गते सम्म छिमेकी देश भारत लगायत बिभिन्न तेश्रो मुलुकबाट आई क्वारेन्टाइनमा रहेका ७ सय २६ जना मध्ये ५ सय ९० जनाको आर डि टी परिक्षण गरिएको थियो भने ४ सय जनाको पिसिआर गरिएको थियो भने कोरोना संक्रमण पुष्टि भएकाहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुलाई संक्रमणको आशंकामा थप ८८ जनाको कन्ट्याक्ट ट्रेसिंगको आधारमा पिसिआर गरिएको कञ्चन गाउपालिका स्वास्थ्य प्रमुख राम प्रसाद गौतमले जानकारी दिनु भएको छ।

    कञ्चनमा पछिल्लो तथ्यांक अनुसार ६९ जनामा कोरोना संक्रमण देखिएको थियो भने ५९ जना निको भई डिस्चार्ज भएका र १० जना होम आइसोलेसनमा रहदै आउनु भएको स्वास्थ्य प्रमुख गौतमले जानकारी दिनु भएको छ।यस्तै कञ्चनमा बाहिरबाट आउनेको संख्यामा बृद्धि हुदै गएपछि गजेडी माध्यमिक बिधालयमा थप क्वारेन्टाइनको ब्यबस्था गरिएकोमा पछिल्लो पटक बाहिरबाट आउनेको संख्यामा न्युन हुदै गएको र कतिपयलाई सरकारको नीति अनुसार होम क्वारेन्टाइनमा राख्दै आएकोले ४ वटा क्वारेन्टाइन हटाई हरैया बहुमुखी क्याम्पसमा रहेको कवारेन्टाइन भदौ ३१ गते सम्म गाउपालिकाले संचालन गर्दै आएको थियो ।

    भदौ ३१ गते सम्मको रिपोर्ट अनुसार होम आइसोलेसनमा १० जना, पिसिआर रिपोर्ट आउन बाकी रहेका तर होम क्वारेन्टाइनमा रहेका २७ जना रहेका छन भने होम क्वारेन्टाइनको अवधारण आएपछि छिमेकी देश भारत तथा तेश्रो मुलुकबाट आएकाहरु मध्ये कञ्चनमा ३६ जना महिला र १ सय १९ जना पुरुष गरी १ सय ५५ जना होम क्वारेन्टाइनमा बस्दै आएका थिए ।

    यसरी छिमेकी देश भारत तथा तेश्रो मुलुकबाट आएका नेपालीहरुलाई क्वारेन्टाइनमा राख्नलाई क्वारेन्टाइनको ब्यबस्थापन गर्न,उनिहरुको लागि खाना नास्ता,ओछ्यान,स्वास्थ्य सुरक्षा सामग्री,नेपाल भारत सिमा नाकाबाट उद्धार गर्नको लागि भएको यातायात खर्च,स्वयम सेवक परिचालन,स्वास्थ्यकर्मीहरुको परिचालन,अनुगमन तथा राहत बितरण गर्दा समेत गाउपालिकाबाट ७६ लाख ५१ हजार ९ सय ३३ रुपैया देखि ८५ लाख खर्च भएको छ भने लकडाउनका कारण दैनिक ज्यालादारी गर्नबाट बञ्चित भएका मजदुर,बिपन्न घरपरिवारहरुका लागि राहत स्वरुप कञ्चनका बिभिन्न संघसंस्था,सहकारी र बित्तिय संस्थाहरुले ७९ लाख ९६ हजार २ सय ७४ रुपैया संकलन भएको थियो ।

     कोरोना भाइरसबाट प्रभाबित कञ्चनका बिपन्न,मजदुर तथा रोजगार गुमाएकाहरुको लागि राहतको ब्यबस्थापन गर्न तथा कोरोना भाइरसको संक्रमणलाई न्युनिकरण र रोकथाम गर्न बनेको गाउपालिका स्तरिय बिपद ब्यबस्थापन कोषमा निजी क्षेत्रब्यक्तिगत रुपमा करिव ६ लाख रुपैया,सरकारी कर्मचारी,गैरसकारी कर्मचारी तथा संघसस्थाहरुबाट करिब ११ लाख रुपैया,स्थानिय तह कञ्चन गाउपालिकाले करिव ५२ लाख रुपैया र प्रदेशबाट १० लाख रुपैया जम्मा भएको कञ्चन गाउपालिकाका स्वास्थ्य प्रमुख राम प्रसाद गौतमले जानकारी दिनु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology