Logo बुधवार, श्रावण १३ गते २०८३
images

एमाले अध्यक्ष ओलीले गरे ६ बुँदे प्रस्तावसहितको एकता आह्वान,०७५ जेठ ३ अघि फर्काउने घाेषणा

एमाले अध्यक्ष ओलीले गरे ६ बुँदे प्रस्तावसहितको एकता आह्वान,०७५ जेठ ३ अघि फर्काउने घाेषणा

  • 3.4K
    SHARES

  • एमाले अध्यक्ष ओलीले गरे ६ बुँदे प्रस्तावसहितको एकता आह्वान,०७५ जेठ ३ अघि फर्काउने घाेषणा

    बुटवल,जेठ २४ ।

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकता आब्हान गरेका छन् । उनले पार्टी कमिटी र जनसंगठनहरू २०७५ जेठ ३ अघिको अवस्थामा फर्काउने घोषणा गरेका हुन्। 

    आइतबार पार्टी एकता रक्षा एवं सुदृढ गर्न ६ बुँदे प्रस्तावसहितको आह्वान गर्दै उनले असन्तुष्ट माधवकुमार नेपाल पक्षलाई फकाउने प्रयास गरेका छन्। 

    अध्यक्ष ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिए आफू जेठ ३ अघिको अवस्थामा फर्कन तयार रहेको बताएका हुन्।

    खनाल–नेपाल समूहले आइतबारै ओलीले वार्ताका नाममा चालबाजी गरिरहेको बताएका थिए। उनीहरूले कारबाही फिर्ता लिए मात्रै वार्ता अघि बढ्ने पनि बताएका थिए।

    ‘नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ। नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कमिटीका सदस्यहरूमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन्। मातहतका पार्टी कमिटी र जनसंगठनहरू मूलभूत रूपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन्।

    संगठनात्मक क्षेत्रका यी निष्कर्षहरू कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ। आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ,’ उनले भनेका छन् ।

    uml 1.jpg

    uml 2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology