बुटवल,जेठ २३ ।
नेपालमा पछिल्लाे २४ घण्टामा ३ हजार ४७९ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । भने यहि अवधिमा ६६३६ डिस्चार्ज भएका छन् ।
देशभर आज ९९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)