बुटवल,जेठ २३ ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एकजना रूपन्देही र अर्का एकजना अर्घाखाँचीका हुन् । उनीहरु दुबैजनाको अस्पतालको आयसियूमा उपचार भैरहेको थियाे ।
मृत्यु हुनेमा रूपन्देही कंचन ३ का ३४ बर्षीया महिला हुन् उनको आज बिहान ७:१५ बजे मृत्यु भएको हाे ।
भने अर्का एक अर्घाखाँचीका छत्रदेव ७ का ७३ बर्षिय पुरुषको आज बिहान ७:२५ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)