Logo बुधवार, श्रावण १३ गते २०८३
images

चुरे दोहनसम्बन्धी सरकारी नीति फिर्ता लिन कांग्रेस सभापति देउवाको आग्रह

चुरे दोहनसम्बन्धी सरकारी नीति फिर्ता लिन कांग्रेस सभापति देउवाको आग्रह

  • 2.3K
    SHARES

  • चुरे दोहनसम्बन्धी सरकारी नीति फिर्ता लिन कांग्रेस सभापति देउवाको आग्रह

    बुटवल,जेठ २२ ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले चुरे दोहनसम्बन्धी सरकारी नीति फिर्ता लिन आग्रह गरेका छन् ।

    विश्व वातावरण दिवसको सन्दर्भमा सामाजिक सञ्जालमार्फत देउवाले वातावरण बचाउन हरेक व्यक्तिले पहल गर्नुपर्ने पनि बताए । वातावरणको दिगो संरक्षणले मात्रै पृथ्वीमा हरेक प्राणीको बाँच्न पाउने अधिकार सुनिश्चित हुने भन्दै चुरे दोहनसम्बन्धी सरकारी नीति फिर्ता लिन आग्रह गरेका हुन् ।

    देउवाले सरकारले चुरेको ढुंगा-गिट्टी, बालुवा र भारत निकासी गरेर वातावरणीय चक्र खलबल्याउँन लागेको आरोप लगाएका छन् ।

    यसअघि देउवाले तराई-मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर्न माग गर्दै चुरे दोहन गरेर, पानीको स्रोत सुकाएर ब्यापार घाटा न्यून गर्ने नारा खरानीको ब्यापार गर्न घर जलाए जस्तै हो भनेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology