Logo बुधवार, श्रावण १३ गते २०८३
images

नेपालमा कोरोनाबाट अहिलेसम्म ५ लाख ८१ हजार५६० जना संक्रमित,७७३१ जनाको मृत्यु

नेपालमा कोरोनाबाट अहिलेसम्म ५ लाख ८१ हजार५६० जना संक्रमित,७७३१ जनाको मृत्यु

  • 2.4K
    SHARES

  • नेपालमा कोरोनाबाट अहिलेसम्म ५ लाख ८१ हजार५६० जना संक्रमित,७७३१ जनाको मृत्यु

    बुटवल,जेठ २१- 

    पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेका छन् ।

    यही अवधिमा थप ८ हजार ६६३ जना निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् । नेपालमा निको हुने दर ८१.९ प्रतिशत रहेको छ । 

    कोभिड–१९ को संक्रमणबाट थप १०१ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा ७ हजार ७३१ जनाको मृत्यु भइसकेको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology