बुटवल,जेठ २१-
रूपन्देहीमा पछिल्लो २४ घण्टामा ७६ जनामा संक्रमण पुष्टि भएको भने २०१ जना कोरोना मुक्त भएका छन् । परिक्षण दर घटाइएको हाे । २४ घण्टामा ६६१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ ।
२४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४४६ पुगेको छ ।
सिद्धार्थनगर नगरपालिकामा १४ जना,बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा १३-१३ जना,सैनामैनामा १० जना,देवदहमा ८ ,ओमसतिया गाउँपालिकामा ६ जना,कंचन गाउँपालिकामा ३ जना,सियारी गाउँपालिका र रोहिणी गाउँपालिकामा १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २६ हजार ९५६ पुगेको छ । जसमध्ये २४ हजार ९३८ जना निको भएका छन । हाल जिल्लामा १ हजार ५७२ जना कोरोनाका संक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेका छन् ।
यही अवधिमा थप ८ हजार ६६३ जना निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् । नेपालमा निको हुने दर ८१.९ प्रतिशत रहेको छ । कोभिड–१९ को संक्रमणबाट थप १०१ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा ७ हजार ७३१ जनको मृत्यु भइसकेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)