बुटवल,जेठ २०-
थोर्गा रूपन्देही सम्पर्क समाज र नेपाल स्वयंसेवी रक्तदाता समाजको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम भएको छ ।
कोरोना महामारीका कारण बिरामीको संख्या बढ्दै गएको र रगत अभाव नहोस् भन्ने हेतुले रुपन्देहीको तिलोत्तमा ३ कैलाशकुट मन्दिर चन्द्रमार्गमा कार्यक्रम गरिएको थियो ।
रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको समाजका अध्यक्ष मिन प्रसाद पोखरेलले बताए । उनले यसअघि दुबै मृगौला फेल भएकी गुल्मी रुरु ३ की एक युवतीलाइ आर्थिक सहयोग पनि गरिएको जानकारी दिए ।
सो अबसरमा अबसरमा बोल्ने वक्ताहरुले समाजले सामाजिक क्षेत्रमा क्रियाशिल रहेर काम गरेकामो खुसी ब्यक्त गर्दै निरन्तरताको कामना गरेका थिए । कार्यक्रममा प्राबिधिक सहयोग ब्लड बैंक नेपालले गरेको थियो ।
भने स्थानीयहरु,शुभेच्छुक, स्वयंसेवी रक्तदाताहरु तथा दाह्री ग्यांङका युवाहरुले रगत दान गरेको कार्यक्रम संयाेजक तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका आकाश पन्थले बताए ।
यस्तै समाजले रक्तदान,बृक्षारोपण,खाद्यान्न सहयोग लगायतका सामाजिक काम गरिरहेको छ ।यसअघि समाजले गुल्मीको रूरूक्षेत्र गांउपालिकाका १२ बिद्यालयहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।
थोर्गा-रुपन्देही सम्पर्क समाजद्वारा गुल्मीकाे रूरूक्षेत्रका १२ बिद्यालयहरुमा स्वास्थ्य सामग्री
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)