बुटवल,जेठ २०-
मानवअधिकार तथा शान्ति समाजको २६ औं स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ ।
समाजले रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोभिड संक्रमित बिरामिहरु तथा स्वास्थ्यकर्मीहरु गरि १५५ जनालाई खाजा खुवाएको छ ।
यस्तै समाजले तिलोत्तमा मंगलापुरमा रहेको सृजनशील संस्था नेपालद्वारा संचालित बालगृहका बालबालिकालाई खाद्यान्न गरि २७ हजार बराबरको सहयोग गरेको हो ।
कार्यक्रममा बोल्दै समाजका केन्द्रीय सभापति गोबिन्द खनालले मानवीय सेवा नै सबैभन्दा ठुलो उपकार भएको बताए । खनालले नेपालका सत्ता सञ्चालकहरुले लोकतन्त्रप्रतिको इमानदारितामा आएको स्खलनले व्यवस्थाको जग हल्लिन लागेको बताए ।
कार्यक्रममा केन्द्रीय सचिव मिना ढकाल,जिल्लाका पूर्व सभापति हरिष ढकाल,रुपन्देहीका सभापति डिपी खनाल, सचिव कपिल ज्ञवाली, सहसचिव कृष्ण पाण्डे, अभियान्ता रिता केसी,आश्रमका कार्यक्रम प्रमुख प्रतिमा पन्थी लगायतको बाेलेका थिए ।
सो आश्रममा १७ जना बालबालिका छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)