Logo बिहिवार, आश्विन १ गते २०८३
images

आइडियल खेलाडी सुरेश देवा भन्छन्-‘शरिर बनाउन गाह्रो छ,तर असंभव छैन’

आइडियल खेलाडी सुरेश देवा भन्छन्-‘शरिर बनाउन गाह्रो छ,तर असंभव छैन’

  • 4.5K
    SHARES

  • आइडियल खेलाडी सुरेश देवा भन्छन्-‘शरिर बनाउन गाह्रो छ,तर असंभव छैन’

    बुटवल ।

    सिक्सप्याक एब्ससहितको आकर्षक शरिर जो कसैलाई मन पर्छ । यस्तो खालको व्यक्तिले तुरुन्तै जो कसैलाई आकर्षित गर्ने मात्रै होइन, स्वस्थ शरिरको रुपमा समेत यसलाई परिभाषित गर्न सकिन्छ ।

    सेलिब्रेटी फिटनेश ट्रेनर सुरेश देवा भन्छन्, ‘ज्यान बनाउने भन्ने सबैभन्दा ठुलो त्याग र तपस्याको कुरा हो । यो सहज छैन । तर, असम्भव भने पक्कै छैन ।’
    ट्रेनर देवाका अनुसार ड्रिम शरिर देखेर फिटनेश सेन्टर जाने धेरैले दक्ष फिटनेश गुरु छान्न नसक्नु, डाइट प्लान गराउन नजान्नु, ट्रेनरले दिएको नियमलाई फलो गर्न नसक्नु, नियमित रुपमा शरिरको रेखदेख गर्न नसक्नु र थाकेको शरिरलाई आवश्यक आराम दिन नसक्दा धेरैले ज्यान बिगारेका छन् ।

    देवा भन्छन्, ‘शरिर बनाउन गाह्रो हुन्छ, बनिसकेको शरिरलाई सधैभरी स्थिर राख्न त्यो भन्दा झन् गाह्रो कुरा हो ।’

    ज्यान बनाउन खोज्नेहरुका लागी, ज्यान बनिसकेकाहरुका लागी र बलियो ज्यान बोकेर संसारका उत्कृष्ट बडिबिल्डिङ च्याम्पियनशिपमा सहभागी हुन खोज्ने खेलाडीहरुका सुरेश देवा आइडियल खेलाडी हुन् । उनीहरुका गुरु हुन् । सोहि कारण उनका हजारौं प्रशंसक छन् ।

    देवा काठमाडौंका विभिन्न फिटनेश सेन्टरमा मास्टर टे«नरका रुपमा काम गर्छन् । उनी सबैभन्दा महंगा टे«नरका रुपमा चिनिन्छन् ।
    देवाले अहिलेसम्म लोभलाग्दो शरिर बनाउने धेरैको इच्छा पुरा गरिदिएका छन् । अहिले कोभिड १९ का कारण टे«नरको रुपमा काम नगरेपनि उनले घरैबाट धेरैलाई प्रशिक्षण गराइरहेका हुन्छन् ।
    जागिरे देखि नेपालका दर्जनौं चर्चित सेलिबे्रटी, उद्योगी, पत्रकार, खेलाडी, राजनितीज्ञहरु समेतले उनीबाट टे«निङ लिइरहेका छन् । लगभग उनको अधिकांश दिन, ट्रेनिङ गराएरै बित्ने गर्छ ।

    देवा खोटाङमा जन्मिए । त्यहि हुर्किए । ब्याचलर्स त्यहिँ पुरा गरे । कामको शिलशिलामा उनी काठमाडाँै आए । केहि समय परिवारको बिजनेशमा सहयोग गर्न थाले । त्यसपछि उनी बैदेशिक रोजगारीका शिलशिलामा दुबई पुगे । सोहि शिलशिलामा क्यैययन देशको भ्रमण समेत गरेका छन् । तर, जहाँ पुगेपनि उनी आफुपनि फिटनेश रुल्स फलो गरिरहेका हुन्छन् भने अरुलाई पनि सिकाइरहेका हुन्छन् ।


    किनभने, आकर्षक ज्यान बनाउने रहर उनको सानैदेखिको थियो । यो ज्यान कसैलाई ट्रेनिङ गराउनका लागी भने थिएन । र, व्यवसायिक फिटनेशको खेलाडी भएर आउनका लागी पनि थिएन । सोहि समयमा उनले अन्र्तराष्ट्रिय मान्यताप्राप्त धेरै टे«नर कोर्ष समेत पुरा गरिसकेका थिए । तर, ५ बर्षपछि नेपाल फर्किएका उनले विश्वका चर्चित बडिबिल्डिङ खेलाडीहरुको पहिलेको संगतअनुसार यहि क्षेत्रलाई व्यवसायिक रुपमा अगाडी बढ्ने सोच गराए । पहिलोपटक उनले २०१६ देखि फिटनेश टे«निङ दिन थालेका हुन् । उनले व्यक्तिगत रुपमा समेत धेरैलाई प्रशिक्षण गराइराखेका छन् । त्यस्तै, उनले अनलाइन मार्फत समेत धेरैलाई टे«निङ दिन्छन् ।
    फिटनेश ट्रेनर देवाले थुप्रै अन्र्तराष्ट्रिय बडिबिल्डिङ च्याम्पियनशिपमा भाग लिएका छन् । धेरै खेलमा सफलता पनि हासिल गरेका छन् ।

    उनले पहिलोपटक २०१५ मा आनल क्लासिक हङकङमा छैटौ स्थान हासिल गरे । २०१६ मा भियतनाममा आयोजित पाँचौं एशियन विच गेममा नेपालको तर्फबाट चौथो स्थान हासिल गरेर नेपालको रेकर्ड राखे । २०१७ मा मंगोलियामा आयोजित एशियन बलिबिल्डिङ एण्ड च्याम्पियनशिपमा चौथो स्थान हासिल गरे । २०१८ मा दोस्रो मिस्टर एभरेष्ट नेश्नल च्याम्पियनमा १७० सिएम क्याटोगरिमा गोल्ड मेडल हात पारे ।

    अहिले उनी युएईमा आगामी नोभेम्बर ५ देखि १० सम्म आयोजना हुन लागेको ७३ आइएफबिबी वल्र्ड मेन्स च्याम्पियनशिप एण्ड कङ्ग्रेसमा मेन्स फिजिक्स १७० सिएम क्याटोगरीमा नेपालको तर्फबाट प्रतिधित्व गरेर सहभागी जनाए । उनले सम्भव भएसम्म अरु केहि अन्तराष्ट्रिय अवार्ड नेपाललाई दिलाउन हरप्रयत्न लाग्ने योजना गराएका छन् ।
    शरीरलाई आकर्षक देखाउन फिट्नेस सेन्टर धाउने युवा जमात अहिले निकै बढ्दो छ ।

    ट्रेनर देवाका अनुसार घरमै बसेर समेत ट्रेनरहरुको निर्देशन अनुसार सुन्दर ज्यान बनाउन सकिन्छ । तर, आफ्नो उदेश्य के हो ? त्यसमा आफु सुरुमै प्रस्ट हुनुपर्छ । कतिपयका उदेश्य सिक्सप्याक हुन सक्छ भने कसैको फिटनेशका लागी मात्रै हुन सक्छ ।

    जिम सेन्टर गएर बढीभन्दा बढी तौल उचालेपछि एकाएक शरीरमा सिक्स प्याक देखापर्छ भन्नु गलत हो’, देवाले भने, ‘यसका लागी राम्रोसँग बुझ्नुपर्छ ।

    suresh.jpg

    शरीरको अवस्था, उमेर, उचाइ आदिका बारेमा पर्याप्त जानकारी लिएर दक्ष फिट्नेस गुरुको निर्देशन अनुसार मात्रै अगाडी बढ्नुपर्छ । तथापी, जतिसुकै धेरै तौल उचालेपनि, जस्तोसुकै खानपान गरेपनी, जति एक्ससाइज गरेपनी ज्यान बन्दैन । ’ फिट्नेस सेन्टरमा नियमित रुपमा ज्वाइन हुनुअघि ट्रेनरसँग आफ्नो शरीरको अवस्थाबारे राम्रोसँग जानकारी लिनुपर्ने उनको तर्क छ ।

    फिट्नेस सेन्टर ज्वाइन गर्ने जो कोहीलाई पनि सुरुमा कार्डियो सँगै  वेट ट्रेनिङमा कम तौल उठाउन लगाएर बिस्तारै तौल बढाउँदै लैजानुपर्छ । फिजिकल अभ्यास गराउनुपर्छ । जिम भन्नेबित्तिकै एकैचोटि ठूला–ठूला फलाम उचालेर शारीरिक अभ्यास गर्नुपर्छ भन्ने भ्रमबाट मुक्त गराउनुपर्ने उनको भनाई छ । फिटनेश के का लागी ? देवा थप्छन्, ‘यो लाइफस्टायल हो । यसमा कति र कहिलेसम्म गर्ने भन्ने छैन ।’ शारीरिक व्यायामले मानसिक तथा अत्मविश्वासको तह पनि बढाउने उनको भनाई छ ।

    व्यायाम शारीरिक सुगठनका लागि मात्र गरिँदैन भन्ने बुझ्न जरुरी छ, उनले भने, ‘लागुऔषधमा फसेका युवाहरुलाई समेत फिटनेशसम्वन्धी उत्प्रेरित गराएर यसबाट मुक्त गराउन सकिन्छ । यसले शरीर, मन र दिमाग स्वस्थ राख्न समेत मद्दत पुग्छ ।’

    हाल देवा कोभिड १९ का कारण दुःख र गाह्रो परेका नेपालीहरुको लागि सहयोगमा व्यस्त छन् । फिटनेश टे«नरबाहेक उनी हाल समाजसेवामा व्यस्त छन् । उनले कोरोनाको पछिल्लो लकडाउनमा मात्रै लाखौं व्यक्तिगत सहयोग प्रदान गरिसकेका छन् ।

    मिस्टर नेपाल २०१९ का विनर सन्तोष उपाध्यायलाई छिट्टै आयोजना हुन गइरहेको मिस्टर सुप्रा इन्टरनेश्नल २०२१ का लागि उनले अहिले प्रशिक्षण गराइरहेका छन् । साथै नेपालका सेलिब्रेटीहरुलाई समेत अनलाइनमार्फत उनले प्रशिक्षण गराइरहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology