Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीमा कोरोना संक्रमणबाट ३५ वर्षिय डा पशुपति रजौरियाको निधन

रूपन्देहीमा कोरोना संक्रमणबाट ३५ वर्षिय डा पशुपति रजौरियाको निधन

  • 4.3K
    SHARES

  • रूपन्देहीमा कोरोना संक्रमणबाट ३५ वर्षिय डा पशुपति रजौरियाको निधन

    बुटवल,जेठ २०- 

    रूपन्देहीमा कोरोना संक्रमणबाट ३५ वर्षिय डा.पशुपति रजौरियाको निधन भएको छ । भैरहवामा सञ्चालित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा कार्यरत  रजौरियाको निधन भएको हाे ।

    मेडिकल कलेजका प्रशासकीय प्रमुख कमल ढकालका अनुसार अस्पतालमा कार्यरत जनरल फिजिसियन डा। पशुपति रजौरियाको कोरोना संक्रमणपछि मृत्यु भएको हो।

    ढकालले केही दिन अगाडि डा रजौरियाको कोरोना रिपोर्ट नेगेटिभ आए पनि पोष्ट कोभिडका कारण बुधबार राति मृत्यु भएको बताए ।

    डा। रजौरियालाई कोरोना संक्रमण पुष्टि भएपछि भैरहवा मेडिकल कलेजमै उपचार गरिएको र कोरोना रिपोर्ट नेगेटिभ आए पनि अरू स्वास्थ्य समस्या देखिएपछि काठमाडौं पठाईएको ढकालले जानकारी दिए। उनको काठमाडौको ग्राण्डी अस्पतालमा  उपचारको क्रममा बुधबार राती मृत्यु भएको हाे।

    यसअघि देवदह मेडिकल कलेजमा कार्यरत डा रजौरियाले गत चैत महिनादेखि मात्रै भैरहवा मेडिकल कलेजमा काम शुरू गरेका थिए ।

    कोरोना महामारिको दोस्रो लहरसँगै मेडिकल कलेजमा भर्ना भएका कोरोना संक्रमितको उपचारमा समेत सक्रिय रुपमा काम गरेका डा रजौरियाको निधनले महामारीको समयमा मेडिकल कलेजलाई मात्र नभई मुलुकलाई नै ठूलो क्षती भएको अस्पतालले जनाएको छ ।

    मेडिकल कलेजमा हालसम्म चिकित्सक र स्वास्थ्यकर्मी गरि करीब २ सय जतिलाई कोरोना संक्रमण पुष्टि भए पनि रजौरियाको मृत्यु पहिलो भएको अस्पतालले दाबी गरेको छ।

    डा रजौरियासँगै उनकी श्रीमतीसमेत संक्रमित भए पनि श्रीमती संक्रमणमुक्त भईसकेकी छन्। केही महिना पहिले मात्र वैवाहिक सम्बन्धमा बाधिएका रजौरियासँगै उनकी श्रीमती पनि मेडिकल कलेजमा प्रसूती तथा स्त्री रोग विशषज्ञको रूपमा कार्यरत छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology