बुटवल,जेठ १९-
लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदैछ ।
पोखरेल दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएको आज ३० दिन पुग्ने भएकाले विपक्षीले आजै विश्वासको मत लिनुपर्ने माग उठाउने कांग्रेस प्रमुख सचेतक फकरूदिन खाँनले बताए।
वैधानिकता गुमाइसकेको अल्पमतको सरकारलाई आफूहरुले वजेट ल्याउन नदिने पनि उनले बताए । अधिवेशनको पहिलो दिनमै विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामाको मागलाई चर्काउने रणनीति बनाएका छन् ।
राष्ट्रियसभाको उपनिर्वाचन परिणामले सरकारले बहुमत गुमाइसकेकाले प्रमाणित भएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने विपक्षीको तर्क छ ।
वैशाख १९ गते नेकपा एमालेको एकल बहुमतको दाबीसहित संविधानको धारा १६८(१) अनुसार पुनः नियुक्त भए पनि अहिले १६८ (२) मा पुगेका मुख्यमन्त्री पोखरेलले आजै विश्वासको मत लिएर बहुमत पुष्टि गर्न विपक्षीले चुनौती दिने रणनीति बनाएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)