बुटवल,जेठ १८-
रुपन्देहीमा पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । ८८८ नमुना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्लामा अहिले सम्ममा ४३८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने अहिले १८२० जना सक्रिय संक्रमित रहेका छन् ।
बुटवल उपमहानगरमा ९, तिलोत्तमामा १३ जना,सिद्धार्थनगरमा ९,देवदहमा ५ जना तथा मायादेवी ,सैनामैना,लुम्बिनी साँस्कृतिक र मर्चवारीमा २-२ जना,ओमसतिया ३ र राेहीणी र शुद्धाेधनमा १- १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा ९० प्रतिशत निको भएका छन् ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)