Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देवदहमा युवा संघद्वारा ७० परिवारलाई खाद्यान्न बितरण

देवदहमा युवा संघद्वारा ७० परिवारलाई खाद्यान्न बितरण

  • 2.5K
    SHARES

  • देवदहमा युवा संघद्वारा ७० परिवारलाई खाद्यान्न बितरण

    बुटवल,जेठ १८-

    राष्ट्रिय युवा संघ नेपाल देवदहले राहत बितरण गरेको छ ।

    रूपन्देहीको देवदह नगरपालिका वडा न ४,६ र ११ का दैनिक ज्यालादारी गरिखाने अति विपन्न मजदुर वर्गलाई अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको हाे ।

    अहिलेसम्म अति बिपन्न ७० घर धुरीलाई राहत वितरण गरिएको राहत वितरण समितीका संयोजक विकास गहतराजले बताए । अभियान लक डाउन अवधिभर जारी रहने उनले बताए ।

    कोरोना संक्रमण व्यापक रुपमा  फैलिरहेको र नियन्त्रणका लागि निषेधाज्ञा  जारी रहदा दैनिक ज्यालादारी गरि खाने मजदुर वर्गलाई प्रत्यक्ष असर परिरहेको कारण रोगले भन्दा भोकले कोहि नमरुन भन्ने उद्धेश्यले चामल ,दाल, तेल, नुन, आलु, चिउरा, सोयाविन,चाउचाउ लगायत अत्यावश्यक खाद्यान्न सामाग्री बितरण गरिएको हाे । 

    rahat khadyanna.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology