बुटवल,जेठ १८-
कांग्रेस नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओलीको व्यवहारले अदालतलाई धम्क्याएर प्रभावित पार्ने नियत प्रष्ट भएको बताएका छन् ।
पुर्वन्यायधीश र अदालतबारे प्रधानमन्त्री ओलीको टिप्पणीप्रति लक्षित गर्दै नेता पौडेलले प्रधानमन्त्रीको अमर्यादित व्यवहारले अदालतमाथिको हस्तक्षेप झल्किने बताएका हुन् ।
‘जो कोहीलाई तुच्छ शब्दले होच्याउने प्रधानमन्त्री केपी ओलीले न्यायमूर्तिहरुलाई पनि तथानाम बोल्नु कुनै नौलो कुरा होइन । तर, ओलीको त्यो अमर्यादित व्यवहारले अदालत माथिको हस्तक्षेप झल्किन्छ,’नेता पौडेलले सामाजिकमार्फत् भनेका छन्, ‘उनको भाषाले वर्तमान न्यायाधीशहरुको ध्यान खिच्न र अदालतलाई धम्क्याएर प्रभावित पार्न खोजेको प्रस्ट देखिन्छ ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)