Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनीका मुख्यमन्त्री शंकर पाेखरेल फेरिपनि अल्पमतमा !

लुम्बिनीका मुख्यमन्त्री शंकर पाेखरेल फेरिपनि अल्पमतमा !

  • 3.5K
    SHARES

  • लुम्बिनीका मुख्यमन्त्री शंकर पाेखरेल फेरिपनि अल्पमतमा !

    बुटवल,जेठ १७- 

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेल अल्पमतमा परेका छन् । आज भएको राष्ट्रिय सभा सदस्य पदको निर्वाचनको परिणामले उनी आबद्ध दलका उम्मेदवारले हार बेहाेरेपछि उनीपनि अल्पमतमा परेको पुष्टि गरेको छ ।

    उनले आफ्नाे पक्षमा विश्वासको मत रहेको वा नरहेको प्रदेशसभा बैठकमा फेस गर्लान् तरपनि आजको नतिजाले उनी अल्पमतमा परेको प्रष्ट देखाएको हाे । उनले प्रदेशसभामा पाउँने मतको आँकलन आजकै मतपरिणामले देखाउँछ ।ताजा मतपरिणाम हेर्दा लुम्बिनी प्रदेशका माधव नेपाल पक्षका दुई जना प्रदेशसभा सदस्यले कांग्रेस उमेदवारलाई मत दिएका छन् । 

    मुख्यमन्त्री भएका शंकर पोख्रेललाई एक महिना नपुग्दै सोमबार भएको राष्ट्रिय सभा सदस्य पदको निर्वाचनको परिणामले अल्पमतमा रहेको पुष्टि गराएको छ । आफ्नो दल नेकपा एमाले र जसपाको ठाकुर पक्षलाई राखेर दोस्रो पटक सरकारमा गएका उनलाई यो निर्वाचनको परिणामले संकट ल्याइदिएको छ ।

      
    राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमामा प्रदेश सभामा हाल कायम रहेका ८३ जना सांसदहरूको सहभागी थिए । उनीहरूमध्ये ४० जनाले मात्र शंकर पोखरेलको दल नेकपा एमालेका उम्मेदवारलाई मत दिएका छन् । बाँकी ४२ जना अर्थात् बहुमत सांसदको मत कांग्रेसका उमेदवारले पाए । त्यसमा पनि कांग्रेस उमेदवारकै एक मत बदर भएको थियाे।

    नेपाली कांग्रेसका लुम्बिनीका प्रमुख सचेेतक फखरुद्दिन खानले नागरिक अनलाइनसंग भने- प्रदेशसभाका ८३ सांसदमध्ये एमाले उम्मेदवार खड्काले ४० मत मात्र पाउनुले प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको पुुष्टि गर्याे  ।

    यी समाचार पनि पढ्नुस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology