बुटवल,जेठ १७-
नेपाल विद्यार्थी संघले रूपन्देहीमा सरकारबिरुद्ध सांकेतिक बिराेध प्रदर्शन गरेको छ । बुटवल १२ तामनगरमा चाेकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्रि केपी शर्मा ओलीको तस्वीर बनाएर बयलगाढामा सवार गराएका छन् ।
ओलीले नेपालमा गणतन्त्र आउनु बयलगाढा चढेर अमेरिका गए जस्तै हो भनी दिएको अभिब्यक्ति र संविधान विपरित काम गर्ने प्रधानमन्त्रीलाई साथ दिएको भन्दै राष्ट्रपति भण्डारीको कार्यशैलीको बिराेधमा व्यंग्यात्मक र सांकेतिक बिराेध प्रदर्शन गरिएको नेपाल विद्यार्थी संघले जनाएको छ ।
उनीहरुले प्रदर्शनसंगै प्रधानमन्त्री र राष्ट्रपतिको राजिनामा समेत माग गरेका छन् । कोरोना महामारीमा समेत नागरिकको स्वास्थ्य भन्दा राजनीतिक खिचातानीलाई प्राथमिकता दिई जनताको हित विपरित काम गरेको भन्दै बिराेध गरिएको नेविसंघका नेता सुदिप शर्माले बताए ।
बिराेध प्रदर्शनमा सुन्दर अर्याल , दीपक घिमिरे ,सागर घिमिरे सृजना गरी , नारायण पोखरेल, अमृत भण्डारी, मनिष श्रेष्ठ, सुजु घले, सुमन गुरुङ, लक्ष्मण न्यौपाने ,सुरज श्रेष्ठ लगायतको सहभागिता थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)