Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल लक्ष्मीनगरका ७० घरपरिवारलाई इन्टर स्पोर्ट्स क्लवले बाँड्याे खाद्यान्न

बुटवल लक्ष्मीनगरका ७० घरपरिवारलाई इन्टर स्पोर्ट्स क्लवले बाँड्याे खाद्यान्न

  • 6.8K
    SHARES

  • बुटवल लक्ष्मीनगरका ७० घरपरिवारलाई  इन्टर स्पोर्ट्स क्लवले बाँड्याे खाद्यान्न

    बुटवल,जेठ १७-

    बुटवल लक्ष्मीनगरको इन्टर स्पोर्ट्स क्लवले सोमबार राहत वितरण गरेको छ। क्लवको कार्यालय परिसर लक्ष्मीनगर बसोबास गर्ने गरिब तथा अति विपन्न ७० परिवारलाई राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको हो ।

    सामाजिक उत्तरदायित्व अन्तरगत उनीहरुलाई  खाद्यान्न प्रदान गरिएको क्लवका महासचिव होम बहादुर क्षेत्रीले बताए ।उनले कोभिड १९ को संक्रमण बढेसंगै गुजारा चलाउन समस्यामा परेका परिवारहरु राहत वितरण गरिएको जानकारी दिए ।

    प्रत्येक घरधुरी २० किलो चामल, २ किलो दाल, २ किलो सोयाबिन, १ केजी चिनी, १ लिटर तेल, एक प्याकेट नुनका दरले वितरण गरिएको उनले बताए । राहतका लागि अमेरिका निवासी क्लबका अध्यक्ष मधु कार्कीबाट ५० हजार रुपैयासंगै क्लबका सबै सदस्यहरुबाट थोरै थोरै रकम उठाएको उनले बताए।

    एक महिना अघिबाट क्लबमार्फत राहत वितरण गरिएको भन्दै क्लबका उपाध्यक्ष वसन्त श्रेष्ठले राहत कार्यक्रमलाई निरन्तरता दिने बताए।  कार्यक्रमका संयोजक अशोक सेनले क्लबका सदस्य मदन क्षेत्रीको माता मृगौला उपचारको क्रममा मृत्यु भएको हुदा अन्त्येष्टि कर्मका लागि नगद १५ हजार रुपैया सहयोग गरिएको बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology