Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दाङमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान जारी,२३१ मत खस्याे

दाङमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान जारी,२३१ मत खस्याे

  • 1.9K
    SHARES

  • दाङमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान जारी,२३१ मत  खस्याे

    बुटवल,जेठ १७- 

    राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान जारी छ । लुम्बिनी प्रदेशको रिक्त एक सिटमा दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा आज मतदान भइरहेको हाे ।

    मध्यान्न १२ बजेसम्म प्रदेश र स्थानीय तहतर्फ गरी जम्मा २३१ मत खसेको छ । स्थानीय तर्फको मतदानमा केन्द्रमा महिला ६४ र पुरुष ६५ जनाले मतदान गरेका छन् भने प्रदेशसभातर्फको मतदान केन्द्रमा २८ महिला र ४० पुरुषले मतदान गरेका छन् । यस्तै कोभिडतर्फको मतदानमा १० महिला र ४ पुरुषले मतदान गरेका छन् । 

    दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

    नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् ।  प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि यो उपनिर्वाचनमा मतदाता छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ छ । 

    यी समाचार पनि पढ्नुस् :

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology