बुटवल,जेठ १७-
लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशन जेठ १९ गते बाेलाइएको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले जेठ १९ गते १ बजे प्रदेश सभा आव्हानका लागि प्रदेश प्रमुख धर्मानाथ यादवलाई अनुरोध गर्ने गरेको थियो ।
सरकारको अनुराेधमा प्रदेश प्रमुख धर्मानाथ यादवले बैठक आब्हान गरेका हुन् ।
यसअघि बिपक्षी गठबन्धनद्धारा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावबारे छलफल गर्न बैशाख ६ गतेका लागि बिशेष अधिबेशन बोलाईएपनि बैठक नै नबसी अन्त्य भएको थियो ।
तर सोही दिन बिहान मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएपछि अधिबेशनको औचित्व नभएको ठहर सहित बैठकै नबसी अधिवेशन अन्त्य भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)