Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट

गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट

  • 3.1K
    SHARES

  • गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट

    बुटवल,जेठ १६–

    गण्डकी प्रदेशको बजेट अधिवेशन आइतबारबाट सुरु हुँदै छ । दिउँसो एक बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

    भोलिपल्ट बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ ।

    यही बजेट अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी गरेका छन् । नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा अगाडि नै विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री गुरुङ निकट स्रोतले जनायो ।

    नेकपा एमालेको ओली निकट गुरुङ वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको मितिले ३० दिनभित्र उनले विश्वासको मत लिन नसके प्रदेशसभा मध्यावधि निर्वाचनतिर धकेलिने सम्भावना छ ।

    गण्डकी प्रदेशसभामा ३ सदस्य भएको राष्ट्रिय जनमोर्चाले साथ दिएमात्र गुरुङ नेतृत्वको सरकार टिक्ने छ । अघिल्लो पटक कांग्रेस-माओवादी-जसपा गठबन्धनलाई साथ दिने निर्णय गरेको जनमोर्चाले अहिले के गर्छ भन्ने चासो छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology