Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शान्ति समाज रूपन्देहीको अन्तरक्रिया : गणतन्त्रको जिवन्तता, सुशासन र स्वतन्त्रता !

शान्ति समाज रूपन्देहीको अन्तरक्रिया : गणतन्त्रको जिवन्तता, सुशासन र स्वतन्त्रता !

  • 4.3K
    SHARES

  • शान्ति समाज रूपन्देहीको अन्तरक्रिया  : गणतन्त्रको जिवन्तता, सुशासन र स्वतन्त्रता !

    बुटवल जेठ १५–

    १४ औं गणतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले गणतन्त्रको जिवन्तता, सुशासन र स्वतन्त्रता बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

    भर्चुअल कार्यक्रममा बोल्दै शान्ति समाजका केन्द्रिय सभापति गोबिन्द खनालले सरकारले गणतन्त्र कमजोर बनाएको बताए । उनले सरकार संविधान च्यात्न उद्दत भएको भन्दै सरकारले जनतालाई डेलिभरी दिननसकेको बताए ।

    शुसासन र स्वतन्त्रता गणतन्त्रका प्राण भएको भन्दै खनालले ब्यबस्था जोगाउन अब सर्बोच्चले सहि निर्णय गर्नुपर्ने बेला आएको बताए । कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिब बिक्रम खड्का राज्यले ब्यबस्था होइन दलहरु असफल भएको बताए । उनले १३ बर्षमै गणतन्त्रमाथि प्रश्न उठाउने काम दलहरुले गरेको आरोप लगाए ।

    कार्यक्रममा प्याब्सन लुम्बिनी सचिब लालहरी पाण्डे,रुपन्देही ब्यापार संघ अध्यक्ष यमलाल लोहनी , बुटवल उद्योग बाणिज्य संघका महासचिब बिमलराज भट्टराइ, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली,बरिष्ठ पत्रकार हरिष ढकाल,उमन केयर सोसाइटीका अध्यक्ष रिता केसी,खुद्रा किराना ब्यबसायी संघ रुपन्देही ज्ञानप्रसाद न्यौपाने,अभियान्ताहरु इन्द्र बिक,कृष्ण पाण्डे,सबिता खनाल लगायतले बोल्दै जनताले राज्य भएको महसुस गर्न नसकेको बताए ।


    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डीपी खनालको अध्यक्षातामा भएको कार्यक्रमको संचालन म मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सचिव कपिल ज्ञवालीले गरेका थिए ।नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको १३ वर्ष पूरा भएको छ ।

    जनआन्दोलन २०६२-६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

    सैनामैनाका दलित, बिपन्न परिवारलाई राहत बितरण :

    १४ औं गणतन्त्र दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजद्वारा देशका बिभिन्न जिल्लामा कोभिड प्रभावित दलित तथा बिपन्न परिवारलाई राहत बितरण गरिएको छ।rahat bitaran santi.jpg

    यसैबिच रुपन्देहीस्थित सैनामैनाको शान्ति टोल र भड्छा बस्तीका कोभिड प्रभावित बिपन्न, दलित परिवारका बालबालिका तथा जेष्ठ नागरिकका ६० घर परिवारलाई राहत बितरण गरिएको हो। 
    कोभिड प्रभावित परिवारलाई चामल, अंन्डा, आटा, चना लगाएतको पौष्टिक खाद्यान्न उपलब्ध गराइएको छ मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले बताए।

    कोभिड प्रभावित गरिब, दलित तथा बिपन्न परिवारलाई हातमुख जोर्न धौधौ भएको भन्ने स्थानियबाट आएको सुचनाका आधारमा सैनामैनाका ति दुई टोलमा करिब ८० हजार बराबरको खाद्यान्न सामाग्री बितरण गरिएको सभापति खनालले बताएका छन्। 
    राहत अभियानमा अधिकारकर्मीहरु लालहरि पाण्डे, हरिश ढकाल, बिमलराज भट्टराई, बिमल पुरी, स्थानिय जनप्रतिनिधीहरु ईश्वरी भण्डारी, देवनाराण ढकाल समाजसेवीहरु मोहदत्त ढकाल, बुद्धिराम चौधरी, पवन शर्मा, ज्ञानप्रसाद खनाल, टिकाराम चौधरी लगाएतले कोभिड पिडीत गरिब, दलित तथा बिपन्न परिवारलाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो। 


    यसैबिच शान्ति समाज दाङ शाखाले दलित बस्तिमा खाद्यान्न वितरण, रक्तदान तथा स्वास्थ्य उपकरणसहित सहयोग प्रदान गरेको छ। गत वैशाख महिनामा एउटा कारभित्र मृत अवस्थामा फेला परेका ३ जना बालकको परिवारलार्ई खाद्य सामग्री सहयोग गरेको जनाईएको छ।

    शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, सचिव निर्मल नेपाली र दाङ शाखा सभापति तुलसीराम सुनारले पिडित विपन्न दलित परिवारलाई सहयोग हस्तान्तरण गरेका थिए। यसैगरी गणतन्त्र दिवसका दिन शान्ति समाज चितवन शाखाले देवघाटमा रहेको बृद्धाश्रममा फलफूल तथा स्वास्थ सामाग्री बितरण गरेको छ। गणतन्त्र दिवशकै अवसरमा शान्ति समाजले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा न १ स्थित स्वास्थ्य समिति भोटेचौरलाई रु. १ लाख मुल्यको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। 

    यसैगरी सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा न. १ बसोबास गर्ने एउटा हात गुमाएकी बालिका आशिना चौलागाईको शिक्षाका लागि अक्षयकोष स्थापनार्थ रु. १ लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ। मानव अधिकार तथा शान्ति समाज काठमाडौ र नयाँ वस्ति युवा क्लबको आयोजनामा जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 

    शान्ति समाजका तर्फबाट सल्लाहकार उत्तम पुडासैनीले संयोजन गरेको रक्तदान कार्यक्रममा समाजका महासचिव रामकृष्ण बराल, राजेन्द्र खनाल, शंकर श्रेष्ठ, दिवससिंह राउत, हरिचन्द्र दंगाल, सुरेश पौडेल, भाष्कर अधिकारी, कञ्चन अधिकारी, टिकाराम कार्की, अजित श्रेष्ठ, नविन भट्टराई, लिलादेवी पौड्याल, कृष्णप्रसाद फुयाल, सन्तोष भट्टराई, सन्तोष बस्नेत, पुष्प आचार्य, सावित्रि डंगोल, बसन्ति बराल, दिपक पुडासैनी, अनुपविक्रम विष्ट, समिर अधिकारी, सञ्जय तामाङ, सरु पुडासैनी, वसन्त पुडासैनी, प्रदिप श्रेष्ठ, प्रकाश श्रेष्ठ, नरोत्तम घिमिरे, हेमराज कार्की, चन्द्रप्रसाद पुडासैनी, गीता पुडासैनी, पवित्रा पुडासैनी, कृतन भट्टराई, प्रकाश पुडासैनी र रवि लामासहित ३४ जनाले रक्तदान गरेका थिए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology