Logo बुधवार, श्रावण १३ गते २०८३
images

आज देशभर ६९९५ संक्रमित थपिए,९६जनाको मृत्यु

आज देशभर ६९९५ संक्रमित थपिए,९६जनाको मृत्यु

  • 2.0K
    SHARES

  • आज देशभर ६९९५ संक्रमित थपिए,९६जनाको मृत्यु

    बुटवल,जेठ १४-

    आज देशभर थप ६ हजार ९९५  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ९६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार २० हजार ११० जनाको परीक्षण गर्दा ६ हजार ९९५ जनामा पोजेटिभ देखिएको हो ।

    पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ९ हजार ८४१ जनाले कोरोना जितेका छन् । अहिले १ लाख १३ हजार ३९४ जना संक्रमित आइसोलेसनमा छन् । 

    अहिलेसम्म नेपालमा ५ लाख ४९ हजार १११ जनालाई संक्रमण पुष्टि भएको छ भने ७ हजार ४७ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ ।

    २४ घण्टामा झण्डै १० हजार जना कोरोना मुक्त :

    पछिल्लो २४ घण्टामा झण्डै १० हजार जना कोरोना मुक्त भएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ८४१ जनाले कोरोना जितेका छन् । यो संख्या नयाँ संक्रमितभन्दा संख्या नयाँ संक्रमितभन्दा २९ सय ८६ ले बढी हो । 

    योसँगै संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख ४९ हजार १११ जनालाई संक्रमण पुष्टि भएको छ भने ७ हजार ४७ जनाको मृत्यु भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology