Logo बुधवार, श्रावण १३ गते २०८३
images

देउवाले भने-‘भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निन्दनीय,कडा कारबाही हाेस्’

देउवाले भने-‘भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निन्दनीय,कडा कारबाही हाेस्’

  • 2.8K
    SHARES

  • देउवाले भने-‘भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निन्दनीय,कडा कारबाही हाेस्’

    बुटवल,जेठ १४-

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जको भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि आक्रमणमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन्।

    उनले ठूलो जोखिम लिएर बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गरिएकोमा निन्दा गर्दै घटनाको छानबिन गरेर दोषीहरुलाई कारबाहीको माग गरेका हुन्।

    ‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो। यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा दिनरात खटेका छन् । स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु’, देउवाले भनेका छन्।

    बिहीबार राति दाङका डिल्ली रावतको उपचारको क्रममा मृत्यु भएपछि भेरी अस्पताल, नेपालगञ्जमा आफन्तहरुले चिकित्सकमाथि आक्रमण गरेका थिए।

    जेठ ४ गते भेरीमा भर्ना गरिएका रावतको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेका थिए। उनको मृत्यु भयो। मृतकका छोरा र भाइहरुले भेन्टिलेटरमा राखेपछि मृत्यु भएको भन्दै डा.चन्द्रप्रकाश साहु र नर्सहरु अस्मिनी गुरुङ र सदिक्षा गैरैमाथि हातपात गरेको अस्पताल प्रशासनले जानकारी दिएको छ।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले बिरामीको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा किन हामीलाई नसोधी भेन्टिलेटरमा राखेको भन्दै डाक्टर र नर्समाथि दुर्व्यवहार गरेको बताए।

    मृतकका छोरा र दुई भाइले डिउटीमा रहेका डाक्टर साहु र नर्सद्वयलाई हातपातको प्रयास गरेपछि उनीहरुको भागाभाग भएको थियो। त्यसक्रममा दुई जना नर्स झ्यालबाट तल हामफालेको अस्पताल सम्बद्धले बताएका छन्।

    डाक्टर र नर्सलाई दुर्व्यवहार गर्ने मृतकका एक छोरा र दुई भाइलाई प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज डिल्ली खड्काले जानकारी दिए। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

    घटनालगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, एसपी ओमबहादुर रानालगायतको टोली अस्पतालमा पुगेका थिए। अस्पतालमा कार्यरत नर्सहरुले सुरक्षाको ग्यारेन्टी र दुर्व्यवहार गर्नेलाई कारबाही नभएसम्म काममा नफर्किने चेतावनी दिएका छन्।

    अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले दुर्व्यवहार गर्नेलाई कडा भन्दा कडा कारबाही हुनु पर्ने बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology