बुटवल,जेठ १४-
बुटवलका सर्जक दिनेश खड्काले खुसीको गीत ल्याएका छन् । उनले कोरोना महामारीको बेला मानिसमा उत्साह जगाउन गीत रचना गरेको नागरिक अनलाइनलाई बताए ।
‘कोरोनाले गर्दा मानिसमा निराशा छाइरहेको बेला संगीतको माध्यमबाट सकारात्मक सोच्न र आशावादी हुन प्रेरित गर्छ’- उनले भने।
आफन्त तथा प्रियजन गुमाउन परिरहेको र बिरामी भएकाहरुले उपचारको अभावमा छट्पटाउनु पर्ने विकराल अवस्थामा शब्द संगीतको माध्यमबाट मानिसमा नयाँ उर्जा थप्न सकियोस भनेर नै गीत तयार पारिएको देखिन्छ ।
सबैको आत्मबल बढाउन संगीत निकै महत्वपूर्ण हुने भएकोले गीतमार्फत उर्जा थपिने विस्वास व्यक्त गरे । बरिष्ठ संगीतकार सुरेश सेन्चुरीले संगीत संयोजन रहेको गीतमा बिशाल आत्रेय, सरिता पन्थी, शिव बि.क. र सिमा थापाको स्वर रहेको छ । यूफोनिक स्टुडियोले तयार गरेको गीतको अडियो रेकर्ड तथा सम्पादन नरेश पाण्डेले गरेका छन् ।
लाईफ एजुकेशनको प्रस्तुती रहेको म्यूजिक भिडियो भने गीतकार खड्काको आफ्नै यूट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोको निर्देशन तथा सम्पादन गीतकार खड्काले नै गरेका हुन् । उनले यसअघि २०७२ सालको भूकम्प जादाँ समेत उत्साह जगाउने २ वटा गीत निकालेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)