Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीमा कोराेनाबाट मृत्युहुनेको संख्या ४०७ पुग्याे,२२ हजार१९ जना निको

रूपन्देहीमा कोराेनाबाट मृत्युहुनेको संख्या ४०७ पुग्याे,२२ हजार१९ जना निको

  • 2.8K
    SHARES

  • रूपन्देहीमा कोराेनाबाट मृत्युहुनेको संख्या ४०७ पुग्याे,२२ हजार१९ जना निको

    बुटवल,जेठ १३-

    रुपन्देहीमा पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १४४३ जनाको कोरोना परीक्षण गर्दा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

    बुटवल उपमहानगरपालिकामा २७ जना, तिलोत्तमा नगरपालिकामा ३१ जना, सिद्धार्थनगर नगरपालिकामा २० जना, सैनामैना नगरपालिकामा ८ जना, सम्मरीमाई गाउँपालिकामा ५ जना र अन्य केही पालिकाहरुमा ५ जना भन्दा कम संक्रमित थपिएका छन् ।

    यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या  २५ हजार ९५६ पुगेको छ । हाल जिल्लामा ३ हजार ५३० जना संक्रिय संक्रमित छन् । यस्तै पछिल्लो २४ घण्टामा ३८४ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २२ हजार १९ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४०७ पुगेको छ ।14.jpg

    देशभर २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिए,७ हजार २२६ जना संक्रमणमुक्त,१०६ जनाको मृत्यु :

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् ।

    २० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६,९५१ पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology