Logo बिहिवार, आश्विन १ गते २०८३
images

२४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिए,७ हजार २२६ जना संक्रमणमुक्त,१०६ जनाको मृत्यु

२४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिए,७ हजार २२६ जना संक्रमणमुक्त,१०६ जनाको मृत्यु

  • 1.9K
    SHARES

  • २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिए,७ हजार २२६ जना संक्रमणमुक्त,१०६ जनाको मृत्यु

    बुटवल,जेठ १३-

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ७,२२६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,९३९ जना नयाँ संक्रमित भेटिँदा ७,२२६ जना संक्रमणमुक्त भएका हुन् ।

    २० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ६,९५१ पुगेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology