बुटवल,जेठ १३-
बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उनी रूपन्देही तिलोत्तमा-३ का ५३ बर्षिय पुरुष हुन् ।
उनलाई जेठ १० गते कोरोना पोजेटिभ देखिएपछि अस्पतालको फिवर क्लिनिकमा भर्ना भएका थिए । उनको बुधबार बेलुका ५:३६ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)