बुटवल,जेठ १३-
नेपाल प्रेस युनियनले ३१ औं स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम गरेको छ । साे अवसरमा राहत कोष स्थापना समेत गरिएको छ। कोरोना संक्रमित पत्रकारलाई सहयोग गर्न युनियनको १० लाखको राहत कोष घोषणा गरेको अध्यक्ष बद्री सिग्देलले बताए ।
उनले युनियनका तर्फबाट कोषमा १० लाख जम्मा गरिने बताए। कोषमा केन्द्रीय कार्यसमितिमा रहेकाहरूले कम्तिमा एक हजार सहयोग गर्नुपर्नेछ। केन्द्रीय समितिले १ लाख संकलन गर्नेछ।
अध्यक्ष सिग्देलले युनियनको महाधिवेशन छिटै गरिने बताए। उनले प्रतिनिधि सभा विघटनविरूद्ध युनियनले आन्दोलनमा सघाउने पनि बताएका छन्।
युनियनको ३१ औं स्थापना दिवसमा आयाेजित अन्तरक्रिया कार्यक्रममा कांग्रेेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पाैडेल,प्रवक्ता विश्व प्रकाश शर्मा,नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पाेखरेल, महासचिब अजयबाबु शिबाकोटी,कोषाध्यक्ष सराेज अधिकारी लगायत देश बिदेशबाट गरी करिव ८ सय जनाको सहभागिता रहेको थियाे ।
यी समाचार पनि हेराैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)