बुटवल,असाेज २-
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मृतकको कोरोना परीक्षण गर्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ। बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो माग गरेका हुन्।
‘शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय अत्यन्तै गलत छ’, प्रवक्ता शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘तत्काल फिर्ता लिएर गहिरो विश्लेषण र गम्भीर सुझबुझका साथ मात्रै यस्ता संवेदनशील विषयमा निर्णयमा पुग्न नेपाली कांग्रेस सरकार र सम्बन्धित निकायलाई आग्रह गर्दछ।’
प्रवक्ता शर्माले कसैलाई संक्रमण छ र छैन व्यापक परीक्षण गर्नु र अन्यमा सर्न नदिन सम्पूर्ण सतर्कता राख्नु राज्यको दायित्व भएको बताएका छन्।
‘यो अवधिमा कयौंले जीवित छँदै आफ्नो स्थिति बारे पूर्व सूचना पाएनन्, मृत्यु पश्चात् मात्रै कोरोना पुष्टि भएको कयौं विवरण सार्वजनिक भए’, शर्माले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘मृत्युपछि मात्रै पीसीआर रु भनेर भएका आलोचना अन्त्य गर्न सरकारको पछिल्लो निर्णयले एक हदसम्म सघाउला तर जिम्मेवार राज्यले नागरिकको आलोचनाबाट जोगिने उपायको खोजिमा होइन कोरोनाबाट नागरिकलाई जोगाउने रणनीतिको विकासमा आफूभित्र योग्यता र सक्षमताको खोजी गर्न जरुरी हुन्छ।’
कांग्रेसको विज्ञप्तिका पाँच बुँदा जस्ताको तस्तै :
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)