Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘कोरोनाले जनता सेतो कात्रोमा भएका बेला प्रधानमन्त्रीले रातो झण्डा हल्लाउँदै भोट माग्न मिल्दैन’ :कांग्रेस प्रवक्ता शर्मा

‘कोरोनाले जनता सेतो कात्रोमा भएका बेला प्रधानमन्त्रीले रातो झण्डा हल्लाउँदै भोट माग्न मिल्दैन’ :कांग्रेस प्रवक्ता शर्मा

  • 2.5K
    SHARES

  • ‘कोरोनाले जनता सेतो कात्रोमा भएका बेला प्रधानमन्त्रीले रातो झण्डा हल्लाउँदै  भोट माग्न मिल्दैन’ :कांग्रेस प्रवक्ता शर्मा

    बुटवल,जेठ १३-

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउन नसकेपछि कांग्रेसले विकल्प दिन लागेको बताएका छन्। उनले देशमा संकट आइपरेकोले कांग्रेसले निकास दिने पनि बताएका छन्।

    झण्डै दुई तिहाइसहित सरकारको नेतृत्व गरेका ओलीले सरकार चलाउन नसकेपछि प्रमुख प्रतिपक्षी दलले विकल्प दिन लागेको उनको भनाइ थियो।

    साथै प्रवक्ता शर्माले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकोमा पनि विरोध गरेका छन्।

    प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आज आयोजित भर्चुअल कार्यक्रममा उनले भने-‘कोरोनाले जनता मरेर सेतो कात्रोमा भएका बेला प्रधानमन्त्रीले रातो झण्डा लिएर भोट माग्न जान मिल्दैन ।’

    उनले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका छन्। संविधानको धारा ७६ को ५ अनुसार वैकल्पिक सरकार बन्न सक्ने अवस्था हुँदाहुँदै प्रतिनिधि सभा विघटन गरिएकोमा उनले विरोध गरेका छन्।

    गत शुक्रबार देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गरे पनि सोही दिन सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै चुनाव घोषणा गरेकी थिइन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology